Logo

माधव नेपालको चेतावनी : प्रधानमन्त्रीले पार्टीको निर्देशनभन्दा एक ईन्च दायाँबायाँ गर्न पाउनुहुन्न, वामदेव नै उम्मेद्धवार



काठमाडौं, १५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख माधव कुमार नेपालले पार्टीको निर्णयअनुसार सरकार चल्नुपर्ने बताएका छन् । बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको स्पष्ट पारे । उनले भने,‘वामदेवजीलाई राष्ट्रिय सभामा लैजानेबारे सर्वसम्मत निर्णय भएको हो । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भने कुनैपनि हालतमा उक्त निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएका छन् । ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा वर्तमान अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडालाई नै दोहोर्याउने सार्वजनिक अभिव्यक्ति दिएपछि नेता नेपालको यस्तो भनाई आएको हो ।

उनले भने,‘अब पार्टीले सरकार चलाउने हो । सरकार एकलौटी रुपमा चलाउने होईन् । प्रधानमन्त्री ओली पनि पार्टी निर्देशनभन्दा एक ईन्च पनि दायाँबायाँ गर्न पाउनहुन्न । व्यक्तिगत निर्णय गर्न मिल्दैन् । हिजो म सरकारको प्रमुख हुँदापनि पार्टीको निर्देशन मानेको थिएँ । अब पनि मान्नुपर्छ । दाहालसँगको गठबन्धन तोडिँदैन् ।’



प्रतिक्रिया दिनुहोस्