Logo

प्रधानमन्त्री ओलीले यसरी गरे बाँस्कोटाको बचाऊ



काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको बचाऊ गर्दै टेपकाण्डमा उनकै आवाज हो भन्ने प्रमाणित नभएको तर्क गरेका छन् । आज नेपाल कम्युनिष्ट पार्टी बागमती प्र्र्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै उनले बाँस्कोटाको बचाऊ गरेका हुन् ।

‘अनिधिकृत मान्छेले ल्याएको टेपमा कुनै प्रमाण छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गरेको जस्तो गरी प्रचार भयो ।’ विजयप्रकाश मिश्रको नाम नलिई उनले स्वीस दूतावासले समेत ती व्यक्ति कुनै एजेन्ट नभएको विज्ञप्तिमार्फत् प्रष्ट पारिसकेको उनको भनाई थियो ।

विजयप्रकाश मिश्रसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको मोलतोल गरेको अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, बाँस्कोटाले टेपमा आफ्नो आवाज नभएको दाबी गरेका छन् । मिश्रले भने टेपमा बाँस्कोटाकै आवाज भएको बताइरहेका छन् ।-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot