Logo

ओलीले पोखे असन्तुष्टि, प्रचण्डले संघर्ष सामान्य भने, माधव नेपालले औंला ठड्याए (फोटोफिचर)



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टीको बागमती स्तरीय प्रशिक्षण भेला यसकारण पनि महत्वपूर्ण रह्यो । नेकपाभित्र आन्तरिक विवाद चुलिंदै जाँदा तीन प्रभावशाली नेता एउटै मञ्चमा उभिएर बोले ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले टेपकाण्डमा विवादमा परी मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको बचाऊ गरे । उनले आफ्नो आलोचना गर्नेप्रति तिर्व असन्तुष्ट पोखे ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले पार्टीमा संघर्ष हुनु सामान्य रहेको बताए । आफूहरु संघर्षकै दौरान मिल्दै अगाडि बढ्ने उनको भनाई थियो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई पद्धति र प्रणालीमा चलाउनुपर्ने बताए । उनले पार्टीको नीति र निर्णय सबैले मान्नुपर्ने भन्दै ओलीप्रति कटाक्ष गरे । नेपालले औंला ठड्याउँदै वर्तमान सरकारको समिक्षा गर्नुपर्ने बेला आएको र आलोचना सहन सक्नुपर्ने बताए ।

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot