Logo

कोरोना भाइरसः जापानले विद्यालय बन्द गर्ने, साउदीले तीर्थयात्री रोक्ने



एजेन्सी, १५ फागुन । कोरोना भाइरसको संक्रमण अन्र्टाटिकाबोहक विश्वका सबै महादेशमा देखिइसकेको छ । भाइरसविरुद्ध लड्न विभिन्न देशहरुले सावधानी अपनाएका छन् ।

अष्ट्रेलिया र अमेरिकाले चीन भएर आउने कुनैपनि यात्रीलाई रोक लगाइरहेको छ । चीनको उआन प्रान्तमा मानिसहरु हिंडडुुुल समेत गरिरहेका छैनन् ।

पछिल्लो समय साउदी अरेबियाले विदेशी तीर्थयात्रीलाई रोक लगाउने भएकोछ । मक्का र मदिनामा हजका लागि आउने विदेशीलाई समेत साउदीले रोक्नेछ । कोरोना भाइरसको संक्रमण फैलन नदिन उसले यस्तो कठोर कदम चालेको हो ।

जापानले २ मार्चबाट सम्पूर्ण विद्यालय बन्द गर्दैछ । यूरोपमा पनि संक्रमण फैलन नदिन कडाई गरिएको छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । २८ सय मानिसको ज्यान गइसकेको छ । चीनमा सर्वाधिक मृत्यु भएको छ । यसपछि दक्षिण कोरिया, इटाली, फिलिपिन्स र फ्रान्समा पनि कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्