Logo

सञ्जयको १९ करोड सम्पत्ति अवैध



काठमाडौँ, १६ फागुन । विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा विहीबार दोषी ठहर गरेको छ। जनकपुर बमकाण्डमा दोषी साह जेलमै छन् ।

अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो। अदालतका प्रवक्ता पुष्पराज पाण्डेले साहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिवाना र सोही बराबरको बिगो जफत हुने फैसला भएको जानकारी दिए। भ्रष्टाचारमा जेल र जरिवाना तोकिए पनि सम्पत्ति शुद्धीकरण मुद्दामा भने सजाय तोक्न बाँकी छ । (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्