Logo

जापानको रोजाइमा नेपाली कामदार



काठमाडौं, फागुन १६ । जापानले चिनियाँ र भियतनामका कामदारको विकल्पमा नेपाली कामदार लैजाने योजना बनाएको छ। नेपाली भाषामा पोख्त र मेहनती हुने भन्दै जापानी रोजगारदाता नेपाली कामदार लैजान इच्छुक भएका छन्।

जापानले सन् २०२० देखि सन् २०३० सम्म एक लाखभन्दा बढी नेपाली कामदार लैजाने संकेत गरेको छ। प्रक्रिया र व्यवसथापन सहज भए नेपालबाट प्रतिवर्ष १० हजारभन्दा बढी कामदार लैजान सक्ने रोजगारदाताले आँकलन गरेका छन्।

इन्टरनेसनल ह्युमन रिर्सोस नेटवर्क अर्गनाइजेसन आईएचएनओका अध्यक्ष योसिहारू कोमियामाले वर्षमा १० हजार नेपाली कामदार जापान लैजान सम्भव भएको बताए। ‘पछिल्लो समयमा चिनियाँ र भियतनामी स्वार्थी हुन थालेका छन्, पारि श्रमिक पनि धेरै माग्न थालेका छन्’, उनले भने, ’उनीहरूको सट्टामा नेपाली कामदारले अवसर पाउने सम्भावना छ।’ उनीहरूलाई काममा लगाउन समस्या भइरहेको भन्दै जापानी रोजगारदाताले नेपाली कामदार खोज्न थालेको उनको भनाइ छ।

चीन र भियतनामले पछिल्लो समयमा स्वदेशमै लगानी र रोजगारीमा प्राथमिकता दिन थालेका छन्। हालसम्म चीन र भियतनामबाट नै जापानमा उल्लेख्य संख्यामा कामदार जान्छन्।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्