काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला राजनीतिको सही विश्लेषण समेत गर्छन् । मनमा लागेको कुरा प्रष्ट बोल्ने उनी नेकपाभित्रको आन्तरिक राजनीतिका कतिपय विषयले गम्भीर अवस्था ल्याउने बताउँछन् । डा. कोइरालासँग ऋषि धमलाले यसै सेरोफेरोमा गरेको कुराकानीः
देशको राजनीति समीक्षा कसरी गर्नुहुन्छ ?
देशको राजनीति त अहिले उल्टो दिशातिर गइराखेको जस्तो लाग्छ ।
कसरी उल्टोतिर गएको छ ?
एउटा व्यक्तिलाई राष्ट्रियसभामा ल्याउनको लागि संविधानै संशोधन गर्न गएपछि के हुन्छ देश ?
वामदेव गौतम राष्ट्रियसभामा त गइसक्नुभयो होइन ?
उहाँ जानुभयो त्यसको लागि ठूलो कुरा भएन । उहाँहरुको पार्टीले निर्णय गरेको छ । त्यसपछि सरकारले त्यो नाम लिस्ट राष्ट्रपतिकोमा पठाउने हो । तर, त्योसँग जोडिएका कुराहरुमा संविधान संशोधन गर्नुपर्छ र उहाँलाई ल्याउनुपर्छ भन्ने जुन कुरा छ । त्यो भोलि देशको निम्ति प्रत्युत्पादक हुन्छ ।
वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याउन धेरै नेताहरुले आवश्यकता हो भनेका छन् नि ?
यसमा म संविधान बनाउँदाको कुरा गर्दैछु । संविधान बनाउँदा मैले के भनेको थिएँ भने ‘कुनै दिन यस्तो बेला पनि आउन सक्छ, बेला देशले खोजिराखेको एउटा व्यक्ति हुन्छ । त्यो व्यक्तिलाई राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्री बनाउन सक्नुपर्छ’, भन्ने व्यक्ति म हो । तर अहिले त्यो परिस्थिति सिर्जना भएको छैन । र, एउटा व्यक्तिलाई ल्याउनको लागि संविधान संशोधन गर्नु गलत हो ।
अहिले कम्युनिस्ट पार्टीले चाह्यो भने संविधान जुनसुकै बेला पनि संशोधन हुन सक्छ नि ?
जे पनि गरे हुन्छ भनेर हिड्न थाल्नुभो भने त भै’गो, त्यसमा मलाई केही भन्नु छैन । राजनीति गर्ने मान्छेले देशमा दूरगामी असर गर्ने कुरामा छलफल गर्नुपर्ने हो । दोस्रो कुरा संविधान संशोधन केको लागि भन्दा, एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनको लागि हो भने त्योभन्दा दूभाग्य कुरा केही हुन सक्दैन ।
तर, नेकपाभित्र त सर्वसम्मत रुपमा वामदेव गौतमलाई राष्ट्रिय सभामा लान सहमति भयो नि ?
नेकपाले कसलाई पठाउने हो, सरकारले कसलाई पठाउने त्यो उहाँहरुको जिम्मेवारी हो । तर, त्यसको नाममा संविधान संशोधन गर्नुहुँदैन भन्ने मान्यता राख्ने व्यक्ति हुं म ।
त्यसोभए राष्ट्रियसभामा वामदेव गौतम र युवराज खतिवडा जो भएपनि तपाईंलाई चासोको विषय भएन ?
जो भएपनि मलाई के को चासो ? त्यसमा जो बने पनि हुन्छ नि ।
को बन्दा प्रधानमन्त्रीको चाहनाअनुसार हुन्छ ?
उहाँहरुको पार्टीबीचको द्वन्द्वमा म पस्न/छिर्न खोजेको होइन । जसलाई बनाए पनि यस्ता विषयमा संविधान संशोधन गर्नुहुँदैन । मेरो दुई तिहाई मत छ भनेर जे पनि गर्न पाइन्छ ?
सरकार र सचिवालयको बीचमा गम्भीर मतभेद छ नि ?
उहाँहरुको हुन दिनु न त । हामीले त्यसमा किन टाउको दुखाउने ? त्यस बारेमा मैले छलफल गर्ने ?
बाहिर आएको छ नि ?
बाहिर आउन दिनुस् न त । राष्ट्रियसभामा कस्ता–कस्ता व्यक्तिलाई राष्ट्रपतिले मनोनित गर्ने भनेर संविधानमा स्पष्ट लेखिएको छ । त्यही अनुसार गरे भइगयो नि ।
यसमा सरकारको निर्णय आधिकारिक हुन्छ कि पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ ?
त्यसमा म जान्नँ । उहाँहरुको आफ्नो विचार हो । राष्ट्रपतिलाई चिठी पठाउने काम चाहीं सरकार हो त्यति मात्रै मलाई थाहा छ ।
सरकार प्रमुख प्रधानमन्त्रीले हो ?
हो, हरेक कुरामा पार्टीको समन्वय सरकारसँग सुमधुर सम्बन्ध हुनुपर्छ नम्बर एक । कुनै दल जस्तै नेपाली कांग्रेसकै किन नहोस् । अहिले सरकारमा भएकाले नेकपाको । तर हुनुपर्छ भनेर सरकारको अधिकारमा इन्टरफेर धेरै गर्नुपनि हुँदैन पार्टीले । संसदीय व्यवस्थामा त्यो पनि कुरा आउँछ । पार्टी–पार्टी भनेर हामीहरु अगाडि जनुपनि हुँदैन । कसलाई बनाउनुहुन्छ त्यो उहाँहरुको जिम्मेवारीको कुरा हो । त्यो बनाउन संविधान संशोधनसम्म गर्ने हो भने गलत कुरा हो ।
सरकारले पार्टी चलाउँछ कि पार्टीले सरकार चलाउँछ ?
पार्टीको नीति मेनिफेस्टो हुन्छ, त्यही आधारमा चुनाव जितेको हुन्छ । त्यसैको भरमा सरकार बनेको हुन्छ । त्यसकारण पार्टीसँग सरसल्लाह हुन्छ नि ।
प्रधानमन्त्री जो बनेपनि हुन्छ, तर संविधान संशोधन गरेर त्यसो गर्न पाइँदैन भन्ने तपाईंको भनाइ हो ?
अहिलेको कन्टेस्टमा पछि के हुन्छ मलाई थाहा छैन । म त पहिला संविधान बनाउँदाखेरी गर्नुपर्छ भन्ने मान्छे हो । तर अहिले एउटा व्यक्तिको लागि गर्नुहुँदैन, त्यो गलत कुरा हो ।
नेपाली कांग्रेसमा शेरबहादुर देउवाको चार वर्षे कार्यकाल कति कति असफल हो ?
को सफल को असफल त नेपाली कांग्रेसका कार्यकर्ताहरुले भन्ने हो । हामीहरुले त के भन्ने पहिले नै हामीले भनिसकेका छौं । सफल, असफल कहाँ पुगेका छौं । त्यसको जिम्मा नेतृत्वले लिनुपर्छ कि पर्दैन ।
शेरबहादुर देउवाले संगठनलाई बलियो बनाउनुभयो त ?
दुई वर्षमा गर्नुपर्ने काम चार वर्ष बितिसकेपछि गर्न थाल्नुहुन्छ । हाम्रो कार्यकाल चार वर्षको हो । अहिले पाँचौ वर्षमा प्रवेश गरिसकेका छौं । अहिले आएको विभाग बनाउँछु रे त्यो पनि नेपाली कांग्रेसको विधानमा २८ वटा विभाग छन् । उहाँ ४७ वटा बनाउँछु भनेर लाग्नुभएको छ । महाधिवेशनको मितिको निर्णय भइसक्यो । वडादेखि माथिसम्मका कार्यतालिका बनिसकेका छन् । त्यसैले उहाँले नेपाली कांग्रेसलाई के गर्नखोज्नुभएको हो ? पार्टीको विधानलाई एकातिर राखेर सहमतिको आधारमा तीनजना शीर्ष नेता बसेर जे मन लाग्छ त्यही गर्नुभयो । नेविसंघमा नौ–नौ जना महामन्त्री बनाउनुभयो । नेविसंघ कसरी चल्छ नौ–नौ जना महामन्त्री भएपछि । उमेरको कुरै छोड्नुस् भन्दाभन्दै थाकिसक्यौं । त्यति मात्रै होइन, उहाँ सभापति भइसकेपछि केही घटनाहरु घटे । जस्तो आइजीपी प्रकरण, प्रधानन्यायाधीश प्रकरण भन्नुस् । त्यसमा हामीले गरेका कमीकमजोरीले दूरगामी असर ग¥यो कि गरेन देशलाई ।
सभापतिलाई तपाईहरुले काम गर्न दिनुभएन रे नि त ?
आइजी प्रकरणमा हामीले के रोक्यौं ? सुशिला कार्की प्रकरणमा हामीले के रोक्यौं ? राजदूत प्रकरणमा हामीले के रोक्यौं ? दुई महिनामै गर्नुपर्ने विभागको नाममा अहिले आएर नाम मात्रै पढ्नेमा हामीले रोकेका छौं ? कार्यकाल सकिएपछि ४७ वटा विभाग बनाउँछु भन्दा त्यो सही अनि हामीले रोकेको हो ? अनि काम गर्न दिएनन् भनेको के हो । के गर्न पाउनुभएको छैन उहाँले त्यो बताउनुभयो पर्यो नि ।
शेरबहादुरजीले चार वर्षभित्र मैले धेरै राम्रो काम गर्न खोजेको थिएँ, मेरा विरोधीहरुले दिएनन् भन्नुभएको छ नि ?
उहाँले जुन धरातलमा उभिएर जसरी सुशील कोइरालाले कार्यकर्तालाई पाखा लगाउनुभयो । त्यसलाई म सच्याउँछु । एकलौटी गर्नुभयो सुशील कोइरालाले म त्यसलाई सच्याएर समान दृष्टिकोणले अगाडि बढाउँछु भनेर हिड्नुभयो । तर उहाँ सीमित एउटा गुटमा रमाउनुभयो ।
कांग्रेस पार्टीभित्र धेरै गुट छ नि ?
लोकतान्त्रिक पार्टीभित्र गुट हुन्छन् ऋषिजी । यसमा धेरै चर्चापरिचर्चा नगरौं । गुटलाई स्वाभाविक रुपमा लिनुपर्छ । गुट भएकै कारणले चलाउन सकिँन भन्न मिल्दैन । त्यो अकर्मण्यता हो ।
शेरबहादुर देउवा असफल सभापति हो ?
यो सफल असफलको कुरा होइन । मापदण्ड लिनुस् न केलाई सफल भन्ने केलाई असफल भन्ने ।
कार्यकाल लम्याएर पार्टीलाई अप्ठ्यारो बनाउने काम भयो शेरबहादुर देउवाबाट भन्ने आरोप छ नि ?
त्यो त भएकै हो नि । म कहाँ भएन भन्दै छु ।
डा. शशांक कोइरालाले त म शेरबहादुर देउवालाई सभापति बन्न दिन्न भन्नुभएको छ नि ?
यहाँ सुन्नुहोस् न सभापति बन्न व्यक्तिले दिने हो र ? अधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुले उहाँलाई चुन्छन् भने कसले रोक्छ । तर, पार्टी जुन अवस्थामा पुगेको त्यो अवस्थाबाट राम्रो गर्नुप¥यो नि । अहिले त गलत अवस्थाबाट चलाइएको छ नि । पार्टी चलाउन विधानलाई टेकेर विधिसम्मत हिड्नुपर्छ ।
कांग्रेस त भागबन्डामा छ नि ?
ए, बा बा ऋषिजी कांग्रेसलाई भागबन्डामा कसले लग्यो त ? शेरबहादुरजीले सुशीलको पालामा मलाई ४० प्रतिशत चाहिन्छ भनेको होइन । अनि अहिले भागबन्डामा गयो भनेर कुरा गर्न मिल्छ ।
शेरबहादुर देउवाले त देशका सबै महत्वपूर्ण चुनाव गराएँ भन्नुभएको छ नि ?
उहाँ नेपाली कांग्रेस भएर चुनाव गराउनुभएको हो र । देशको प्रधानमन्त्री भएर चुनाव गराउनुभएको हो । त्यो जुन प्रधानमन्त्रीको पालामा भए पनि गर्नुपर्छ नि । नेपाली कांग्रेसको सभापति भएर होइन ।
सिस्टमलाई राम्रो बनाएँ भन्नुभयो नि ?
त्यो त राम्रो कुरा हो नि । उहाँले व्यवस्थिति ढंगले चुनाव गराउनुभयो त्यसलाईं कसले गरेको छैन भनेको छ र । गर्नुपथ्र्यो गराउनुभयो ।
अरु सभापति भएको भए गराउन सक्ने थिएनन् भन्ने होला नि ?
त्यस्तो हाइपोथेटिकल कुरा गरेर हुन्छ । उहाँले गराउनुभयो त्यसलाई राम्रो भनेको छु त ।
शेरबहादुरजी पार्टीमा मेरो कारणले उत्साह आएको भन्नुहुन्छ त ?
त्यो त धेरै राम्रो कुरा हो । पार्टी युवाहरुको उपस्थिति भएको भन्नुहुन्छ भने राम्रो कुरा हो । तर महाधिवेशनको डेट आइसकेको छ, अहिलेसम्म क्रियाशील बाड्न पठाउनुभएको छैन । अन्य दलबाट आएका साथीहरुलाई हजार, पाँच सय क्रियाशील दिँदै हुनुहुन्छ । त्यो गलत प्रवृत्ति हो नि । ३२ जिल्लामा समायोजन भइसकेको छ त्यहाँ क्रियाशील सदस्य त पठाउनुप¥यो नि ।