Logo

सुन बैंकमा थुप्रियो



काठमाडौं, १६ फागुन । नेपाली बजारमा सुनको मुल्य निरन्तर बढ्दै गएको छ । विभिन्न नाकाहुदै भित्रने सुनको मुल्य बढ्दै जादा बजारमा सुनको कारोबार कम हुन थालेको छ ।

बजारमा सुनको कारोबार कम भएकै कारण व्यवसायीहरुले बैकबाट सुन खरिद गर्ने क्रम घटेको छ । यसरी कारोबार नभएकाले अहिले बैंकमा ५०० के जी भन्दा बढी सुन थन्किएको नेपाल बैंकर्स संघले जनाएको छ । व्यवसायीले पहँेलो धातु सुनको खरिद कम गर्न थालेपछि बैंकहरूले पनि अहिले सुनको थप आयात गर्न छोडेका छन् ।

नेपालमा विवाह,व्रतबन्न्ध तथा अन्य कार्यका लागि बैंकबाट उच्च मात्रामा नै सुन विक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरूले बैंकबाट धेरै सुन किनेका छैनन् ।
विश्व बजारमा नै सुनको मूल्य बढेको छ। सात महिनाको अवधिमा शक्तिशाली राष्ट्रबीचको व्यापारिक तनावले विश्व बजारमा सुनको भाउ बढेकाले स्थानीय बजारमा पनि सुनको मूल्य बढेको छ ।
पछिल्लो समय चीन र अमेरिकाको व्यापारयुद्धका कारण सुनको मूल्य बढेको थियो । त्यसपछि अमेरिका र इरानबीचको तनावलगायतका कारण सुन प्रतितोला ७५ हजारसम्म पुगेको थियो । अहिले चीनमा फैलिएको कोरोना भाइरसका कारण अन्र्तराष्ट्रिय व्यापार प्रभावित हुँदा सुनको मुल्य बढेर ८० हजार नाघेकोे छ ।

सुनको मूल्य बढेकाले बजारमा ग्राहकले माग अनुसारको सुन खरिद गर्न सकिराखेका छैनन् । जसको कारण पहिले दैनिक ५० केजी खपत हुने सुन अहिले १० देखि १५ केजी मात्र खपत हुदै आएको नेपाल सुन चादी महासंघले जनाएको छ ।-विमर्श साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्