Logo

कोरियामा कोरोना भाइरसको संक्रमण फैलियो



एजेन्सी, १६ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण झन् फैलिएको छ । त्यहाँ दुई हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

चीन पछि कोरिया कोरोना भाइरसको संक्रमण बढी भएको मुलुकमा परेको छ । दक्षिण कोरियामा कोरोना भाइरसबाट मानिसको मृत्यु समेत भएको छ । भाइरसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । नेपालीहरु पनि वैदेशिक रोजगारीका लागि गएकामा त्रसित भएका छन् ।

सँसारभर कोरोना भाइरसको संक्रमणबाट २८ सय मानिसको मृत्यु भइसकेको छ । विश्वभर ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot