Logo

संसद विघटनदेखि मध्यावधी निर्वाचनसम्मको तयारी, बामदेव आउट युवराज इन (भिडियोसहित)



काठमाडौं, १६ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले राष्ट्रियसभा सदस्यको लागि वर्तमान अर्थमन्त्री युवराज खतिवडाकै नाम सिफारिश गर्ने स्पष्ट पारेका छन् । उनले उपाध्यक्ष बामदेव गौतमको नाम उक्त रेशबाट आउट भैसकेको पनि दाबी गरे । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए मुलुक गम्भिर दुर्घटनामा पर्नेसमेत खतरा औंल्याए ।



प्रतिक्रिया दिनुहोस्