Logo

मिश्रविरुद्ध गोकुल बाँस्कोटाले हाले अदालतमा मुद्दा (फिरातपत्र सहित)



काठमाडौं, १६ फागुन । ७० करोडको कमिशनको डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बास्कोटाले विजय प्रकाश मिश्रले आफूलाई गाली बेइज्जती गरेको भन्दै मुद्दा हालेका छन् । उनले मिश्रविरुद्ध अदालतमा उजुरी दर्ता गरेको कुरा आफ्नो फेशबुकमार्फत जानकारी गराएका हुन् ।

उनले लेखेका छन्,‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।’

file photo



प्रतिक्रिया दिनुहोस्