Logo

मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग



काठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमीस्थित् श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ ।

उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरे । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खातालगायतका सेवाहरु पनि प्रदान गर्दै आई बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्