Logo

स्वस्थ छालाका लागि यी चीज खानुहोस्



व्यस्त जिवनमा स्वास्थको ख्याल राख्नु निकै चुनौतिपुर्ण हुन्छ । व्यस्त जिवनमा आफुलाई फिट राख्न विभिन्न उपायहरु अपनाउने गरेका छन् । एकै साथ स्वास्थ र अनुहारको छालाको पनि विशेष हेरचाह गर्नुपर्ने हुन्छ ।प्रदुषण र बदलिएको मौसमको बीचमा हामी सबै समस्याहरुको सिकार बन्छौ । यदि यस्तो समस्या भएमा खानामा यो पोषक तत्वहरु समाहित गर्नुपर्छ । जसले दुवैलाई फाइदा गर्छ ।

कागती ः कागतीको रस पेटलाई मात्र नभएर छालाका लागि पनि धेरै लाभदायक हुन्छ । दिनहु कागती पानी पिउँदा पेटको समस्या बाट राहत पाउँन सक्नुहुन्छ । साथसाथै कागती पानीलाई ग्लिसरीनसँग नुन मिसाएर अनुहारमा लगाउँदा राम्रो हुन्छ ।

तरबुजाः तरबुजा खान मात्र नभएर अनुहारमा पनि लगाउँदा फाइदा हुन्छ ।

दुधः तपाईले दैनिक दुध बिहान र बेलुका एक गिलास पिउन सक्नु हुन्छ । दुध पिउँदा द्ुवैलाई फाइदा पुग्छ ।

दहिः दहि वा लस्सीबाट बनेको परिकारले पाचन सही राख्दछ । अनुहारमा दहिमा धानको पिठो वा बेसनको पिठो मिलाएर लगाउँदा दागहरु हटाउने छ ।

स्याउः दिनहु स्याउ सेवनले छाला तथा स्वास्थमा फाइदा गर्नुका साथै स्याउलाई पिधेर आफ्नो जुस लगाउँदा राम्रो हुन्छ । स्याउले भिनेगर पनि बढाउँछ, जुन अनुहारको लागि धेरै राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस्