Logo

विश्वको आधा भागमा कोरोना भाइरसको संक्रमण



काठमाडौं, १६ फागुन । नाइजेरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । अफ्रिकामा पहिलोपटक अल्जेरियामा संक्रमण देखिएकोमा आज नाइजेरियामा पनि देखिएको हो । योसँगै विश्वको ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । जुन विश्वको आधाभन्दा बढी भूभाग हो ।

चीन कोरोना भाइरसको केन्द्र बनेको छ । जहाँ २८ सय मानिसको मृत्यु भइसकेको छ । सँसारभर कोरोना भाइरसबाट ८३ हजार मानिस संक्रमण भइसकेका छन् ।

चीनपछि दक्षिण कोरियामा बढी मानिसको मृत्यु भइसकेको छ । यूरोपमा पनि कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको छ । समुन्द्री यात्रामा जानेहरुमा पनि संक्रमण देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट बच्न भनेको छ । उसले विश्वभर स्वास्थय आपतकाल घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्