Logo

मिश्रविरुद्ध बाँस्कोटा अदालतमा



काठमाडौ,फागुन १७ । निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफुमाथी कमिसनको आरोप लगाउने मिश्रविरुद्ध जिल्ला अदालत काठमााडौमा शुक्रबार गालीबेइज्यती मुद्दा दायर गरेका छन् । मिश्रले सार्वजनिक गरेको अडियोको कारण आफ्नो चरित्रहत्या भएको भन्दै बाँस्कोटाले कारबाहि माग गरेका छन् । मुद्दा दर्ता शाखाका अधिकृत टीकासंिह खत्रीले मिश्रविरुद्ध विद्युतीय तथा आमसञ्चारमाध्यमबाट झुठा लाञ्छना लगाई गालीबेइज्यती गरेको मुद्दा दर्ता भएको बताए । बाँस्कोटाको बारेमा काठमाडौ पुतलीसडकका राजेन्द्र बोगटीले फिराद दर्ता गरेका छन् । अडियो टेपमा आएकोृ विषयमा कुनै सत्यता नभएको दाबी फिरार पत्रमा छ । (अन्नपुर्ण बाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot