Logo

‘चरी प्रेम’ देखि ठगीसम्म खुश्बु ओली



काठमाडौं, १७ फागुन । खुश्बु ओली मोडलिङबाट छाएकी हुन् । कुनै बेला मिस टिन बनेकी उनी सुन्दरताका कारण चर्चामा आइन् । तर, उनको कतिपय भूमिका विवादास्पद बन्यो ।
बेलायतमा अध्ययन गरेकी ओलीले पछिल्लो समय यही थरले लाभ लिइन् । झापा स्थायी घर भएकी उनले सरकारी अनुदान समेत प्राप्त गर्न सकिन् ।

खुस्बु गुण्डानाइके दिनेश अधिकारी चरीसँग जोडिइन् । चरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा आइन् । चरीको प्रहरी इन्काउन्टरमा मृत्युपछि खुश्बुले खुलेर विरोध गरिन् । जसका कारण उनी निकै चर्चामा पुगिन् ।

खुस्बु पछिल्लो समय फेरि चर्चामा आएकी छिन् । लाखौं ठगी मुद्दामा उनी दोषी ठहर भएकी छिन् । चेक बाउन्सको मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई तीन महिना थुनामा राख्न आदेश दिएको छ । अदालतको फैसलापछि उनी जेल जानुपर्ने हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्