Logo

वामदेवले संविधान संशोधनको शर्त छाडेपछि राष्ट्रियसभामा लान लागिएको प्रचण्डको खुलासा



काठमाडौ, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको शर्त छाडेको खुलासा गरेका छन् । आज सुकुटेमा पत्रकार भेटघाटमा उनले गौतमले राष्ट्रियसभा सदस्य मनोनित हुनेमा संविधान संशोधनको शर्त छाडेको खुलासा गरेका हुन् ।

राष्ट्रियसभामा जान संविधान संशोधन शर्त बनाउनु भएन भन्ने पार्टीको आग्रहलाई गौतमले मान्नुभयो, प्रचण्डले भने, लामो राजनीतिक अनुभव भएका वामदेवजीलाई राष्ट्रियसभामा लैजाँदा संस्थाको इज्जत नै बढ्छ । वामदेव गौतमलाई राष्ट्रिय सभामा लाने पार्टी सचिवालय बैठकको निर्णयको पक्षमा बोल्दै उनले यसलाई विवादको विषय बनाउन नहुने बताए ।

गौतमको संविधान संशोधन गरेर राष्ट्रियसभामा जाने चाहना भएपनि त्यसबाट पछि हटेको स्पष्ट पारे । उनले जीवन्त पार्टीमा संघर्ष र बहस हुनु सामान्य भएको स्पष्ट पारे ।

प्रचण्डले एमसीसी सम्झौता संशोधनसहित पारिन गराउन सकिने बताए । श्रीलंकाले एमसीसी सम्झौता अस्वीकार गरेको उदाहरण दिदै राष्ट्र हितविपरत गलत ढंगले नजाने स्पष्ट पारे ।-File Photo



प्रतिक्रिया दिनुहोस्