फागुन १७, काठमाण्डौ । एकपछि अर्को सफलता हासिल गर्दै अघि बढेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीट्वान्टी क्रिकेटमा ऐतिहासिक १०० विकेट पुरा गरेका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा मलेसियाविरुद्ध एक विकेट लिँदै सन्दीपले १०० विकेट पुरा गरेका हुन् ।
यससँगै सन्दीपले टीट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएपछि एक सय विकेट पूरा गरेका हुन् ।
सन्दीपले पहिलो ओभरको दोस्रो बलमा भिरनदिप सिंहलाई आउट गरे । अर्को बलमा उनले खिजार हायतलाई आउट गरे । यससँगै सन्दीपले टी(ट्वान्टीमा १ सय १ विकेट पुरा गरेका छन् । सन्दीपले करियरको सय विकेट पुरा गर्ने क्रममा नेपालबाट १८ खेलमा ३१ विकेट लिएका छन् ।
सन्दीपले बाँकी विकेट भने विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा लिएका थिए । सन्दीपले ५६ फ्रेन्चाइज क्रिकेटमा ७१ विकेट लिएका छन् ।
सन्दीपले कुन प्रतियोगिता कति विकेट लिए ?
इन्डियन प्रिमियर लिग (आइपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट
विश्व–११ वेस्ट इन्डिज विरुद्ध (१ खेल) : विकेटविहिन
क्यारेबिन प्रिमियर लिग २०१८ (५ खेल) – ७ विकेट
अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट
बिग बास लिग २०१८(१९ (८ खेल) – ११ विकेट
बंगलादेश प्रिमियर लिग २०१८-१९ (६ खेल) – ४ विकेट
पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट
आइपीएल २०१९ (६ खेल) – ८ विकेट
क्यारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट
बिग बास लिग (२०१९-२० (१३ खेल) – १५ विकेट
नेपाल राष्ट्रिय टिम : (१९औं खेल जारी) – ३० विकेट