Logo

कोरोना भाइरस रोक्न उत्तर कोरियाले सीमा ठप्प पार्यो



एजेन्सी, १७ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण डरलाग्दो भएको छ । चीनलाई उछिन्दै दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या बढेको छ । यस्तो अवस्थामा छिमेकी उत्तर कोरियामा अहिलेसम्म कसैलाई कोरोना भाइरसको संक्रमण भएको तथ्यांक आएको छैन ।

उत्तर कोरियाली नेता किम जोङ ऊनले भाइरसको संक्रमण फैलिएमा गम्भीर परिणाम उत्पन्न हुने भन्दै सबै किसिमका प्रतिरक्षाका उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । उनले शनिबार सत्तारुढ वकर्श पार्टी अफ कोरियाको बैठकमा रोग छिर्न नदिने सबै मार्ग बन्द गर्न निर्देशन दिएका छन् । सबै उपाय अपनाएर रोग छिर्न नदिन निर्देशन दिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।
उत्तर कोरियाले सीमापार आवतजावत र सामान ओसारपसारमा समेत रोक लगाएको छ । उसले पर्यटकलाई आफ् देशमा प्रवेश निषेध गरेको छ ।

सीमामा आफ्ना देशका नागरिकको निगरानी र स्क्रिनिङ गरेको छ । हजारौं स्वास्थ्यकमी परिचालन गरेर रोगको लक्षणका आशंकितलाई निगरानीमा राखेको छ । रोग फैलिएमा औषधीको अभाव र स्वास्थ्योपचारको आधुनिक उपकरणको कमी रहेको देशमा ठूलो संकट आउनसक्ने तर्फ औल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्