Logo

गुट त्यागेर पक्षमा आउनेलाई देउवाले विभाग प्रमुख बनाए



काठमाडौं, १७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा जीत सुनिश्चित गर्न विरोधी समूहका नेता कार्यकर्तालाई प्रभावमा पार्न थालेका छन् । उनले आज गठन गरेको १३ वटा विभागमा हालैमात्र गुट परिवर्तन गरेर आएकालाई समेत जिम्मेवारी दिएका छन् ।

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गुट छाडेर आएकालाई विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । पौडेल समूह छाडेका आनन्दप्रसाद ढुंगानाले वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । शंकर भण्डारीले तरुण विभाग पाएका छन् । उनी विगतमा खुमबहादुर खड्का निकट मानिन्थे भने गत महाधिवेशनमा पौडेललाई साथ दिएका थिए ।

डा. सशांक कोइरालाका नजिक मानिएका गोविन्द भट्टराई पनि देउवासँग नजिक भएका थिए । उनले नेपाली जनसम्पर्क समिति समन्वय विभागको जिम्मेवारी पाएका छन् । पौडेल समूह छाडेका चिनकाजी श्रेष्ठले उद्दोग व्यापार विभागको जिम्मेवारी पाएका छन् । सिटौला समूह छाडेका शिवप्रसाद हुमागाईंले श्रमिक तथा ट्रेड युनीयन विभागको जिम्मा पाएका छन् ।

देउवाले गत महाधिवेशनमा गुट परिवर्तन गरेकालाई समेत गुन तिरेका छन् । कुनैबेला सुशील कोइरालाका अति निकटस्थ मानिएका फर्मूल्लाहा मन्सुर गत महाधिवेशनमा देउवा पक्षमा गएका थिए । उनले मुस्लिम विभागको जिम्मा पाएका छन् । अर्जुनप्रसाद जोशीले स्थानीय तह समन्वय विभागको जिम्मा पाए । प्रवक्ता विश्वप्रकाश शर्माले पनि पौडेल पक्ष परित्याग गरेका थिए । उनले विगतमा प्रवक्ताको जिम्मा पाएकोमा पछिल्लो समय सूचना, सञ्जार तथा प्रचार विभागको जिम्मेवारी पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot