काठमाडौं, फागुन १८ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो ।
फागुन महीनामा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरी चैत महीनाको प्रारम्भमै जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।
आयोजनाको कठिन काम मानिएको माथिल्लो तथा तल्लो भर्टिकल साफ्ट ९ठाडो सुरूङ० मा पेनस्टक जडान गर्ने काम अहिले चलिरहेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार फागुन १५ गते सम्ममा ३७३ मीटरको तल्लो भर्टिकल साफ्टमा २३० मीटर तथा ३१० मीटरको माथिल्लो भर्टिकल साफ्टमा १४० मीटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ ।
प्रतिशतका हिसाबले तल्लो भर्टिकल साफ्टमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ । समग्रमा कुल ६८३ मीटर लामो भर्टिकल साफ्टमा फागुन १५ गते सम्ममा ३७० मीटर पेन स्टक पाइप जडान सम्पन्न भएको छ । जुन भर्टिकल साफ्टको कुल लम्बाइको ५४ दशमलव १७ रहको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।