काठमाडौं, फागुन १८ । काठमाडौं जिल्ला अदालतले चेक बाउन्स ९बैंकमा पैसा नभई चेक दिने० मुद्दामा मोडल खुश्बु ओलीलाई बिगोबापत दुई वर्ष जेल सजाय ठहर गरेको छ। गत जेठ ७ मा अदालतले ओलीलाई चेक अनादर मुद्दामा ३६ लाख बिगोसहित ३ महिना कैद, ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। अदालतले नौ महिनाअघि गरेको फैसलाअनुसार उनले बिगो रकम नतिरेपछि कानुनअनुसार थप दुई वर्ष कैद तोकिएको हो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई बिगोसहितको जरिवाना तिराउने फैसला गरेको थियो। सोही इजलासले शुक्रबार बिगोबापतको रकममा कैद तोकेको हो।
सप्तारीका गोपालबहादुर कट्वालले २०७४ साउन २९ मा मोडल ओलीले दिएको चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए। लेनदेनको क्रममा मोडल ओलीले कट्वाललाई चेक दिएकी थिइन्। कुमारी बैंकको ३६ लाख रुपैयाँको चेक दिएर बैंकमा पैसा नभएपछि उनले चेक अनादरमा मुद्दा दर्ता गरेका थिए।
मोडल ओलीले पैसा जम्मा नभएपछि २०७३ पुस २९ मा लेनदेनका लागि कट्वाललाई चेक दिएकी थिइन्। चेक काटिएको मितिले १६ दिनसम्म बैंक धाएपछि पनि नसाटिएपछि मुद्दा दर्ता गरेका थिए। अदातलको फैसला कार्यान्वयन नभएपछि कट्वालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको आजको नागरिक दैनिकमा खवर छ ।