Logo

भक्तपुर क्वारेन्टाइनमा रहेका भोली घर फर्कने



काठमाडौं, फागुन १८ । कोरोना भाइरसको उद्गमस्थल हुपईको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरुको दोस्रो पटकको थ्रोट स्वाव परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना नेपालीको थ्रोट स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार उद्धार गरेर ल्याइएका सबै नेपालीको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । सबैको परीक्षण भइरहेको र भाइरस नेगेटिभ देखिए घर फर्काउने तयारी भइरहेको उनको भनाइ छ ।

संकलित थ्रोट स्वावको परीक्षणकालागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको छ । उद्धार गरेर ल्याइएका १ सय ३५ जना पुरुष र ४० जना महिला बच्चा सहितको दुई परिवार छन् ।वुहानको ६ वटा सहरमा रहेका १ सय ७५ नेपालीलाई दुई साता अघि स्वदेश ल्याइएको हो ।



प्रतिक्रिया दिनुहोस्