Logo

नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं, फागुन १८ । राष्ट्रियसभा सदस्य पदमा कसलाई पठाउने भन्ने विवाद चर्किएका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेरमा पबस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ११ बजे बोलाइएको बैठकमा राष्ट्रियसभामा रिक्त हुने सदस्य सिफारिस विवादमा छलफल हुने जनाइएको छ ।

यसअघि सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। तर, सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानपछि विवाद कायमै हरेको बेला बैठक बोलाइएको हो ।

सचिवालय र प्रधानमन्त्रीबीचको विवादका कारण मन्त्रिपरिषद्ले फागुन २१ बाट रिक्त हुने एक सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot