एजेन्सी, १८ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलको सपना चकनाचुर भएको छ । लिगमा कुनै खेलमा पराजय नव्यहोरी जित हासिल गर्ने दौडमा रहेको लिभरपुरको सपना चकनाचुर भएको हो ।
लिभरपुले लिगका शक्तिशाली टोलीहरु म्यानचेष्टर युनाइटेड, म्यानचेष्टर सिटी, चेल्सी, आर्सनललगायतमाथि जीत हासिल गर्दै बढिरहँदा रेलिगेसन जोनमा रहेको वार्टफोर्डसँग हार व्यहोर्दै स्तब्ध हुनुपर्यो । लिभरपुलमाथि वार्टफोर्डले ३० को हार व्यहोरेको हो ।
जितसँगै वार्टफोर्ड रेलिगेसन जोनबाट निस्किएको छ । उसले हासिल गरेको जीत लिगकै महत्वपूर्णमध्येको भएको छ ।
२८ खेल खेल्दा लिभरपुलले २६ जित र एक बराबरी खेलेको छ । उसले पहिलो हार व्यहोरेको छ । लिगमा लगभग विजेता बन्ने पक्का जस्तै भइसक्दा इतिहास रच्ने कदममा भने धक्का पुगेको छ । दश खेल बाँकी रहँदा लिभरपुलको दोस्रो स्थानमा रहेको सिटीभन्दा २२ अंक बढी छ । सिटीले एक खेल कम खेलेको छ । लिग जित्न अब लिभरपुललाई मात्र दश अंकको खाँचो छ ।