Logo

पुस्तकको मूल्यवृद्धिको नेविसङ्घद्वारा विरोध



काठमाडौ, फागुन १८ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेका हुन् ।

नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले राससलाई जानकारी दिए ।

महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरे । “सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ”, उनले भने। अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्