Logo

अपडेटः प्रचण्डमाथि जुत्ता प्रहार गर्ने ‘पूर्व लडाकु’ का छोरा



मुकुन्द कालिकोटे, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक पूर्व लडाकुका छोरा भएको बुझिएको छ । उनका पिता माओवादी जनयुद्धमा सहभागी भएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

भरतमोहन स्मृति प्रतिष्ठानको आइतबार आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृहमा भाषण गरेर मञ्चबाट निस्कदै गर्दा उनीमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रचण्डलाई लागेन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot