Logo

प्रचण्डलाई जुत्ता हान्ने रतनका बाबु सहिद की वेपत्ता ?



काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने युवक रतन तिरुवाले आफू पूर्व लडाकुका छोरा भएको बयान दिएका छन् । प्रहरीलाई दिएको बयानमा आफ्ना बाबु जनयुद्धमा सहिद भएको बताएका छन् ।

रतनले दाबी गरेपनि माओवादीले तयार गरेको जनयुद्धको सहिदको सूचीमा रतनका बाबु मनु तिरुवाको नाम छैन । जुम्लाका तिरुवा दुई दशक अघि नै वेपत्ता भएको चर्चा समेत छ ।

मनु भारतमा कामको सिलसिलामा गएर नफर्किएको एकाथरीको दाबी छ । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन । रतन सानै देखि बाबुको मायाविना हुर्किएको भने पुष्टि भएको छ ।

कम्युनिस्ट विचारधाराबाट प्रभावित रतन त्यससम्बन्धि सिद्धान्तबारे समेत जानकारी राख्छन् । उनले माक्र्स र माओत्से तुङलाई आफ्नो आदर्श मानेर फेसबुक वालमा पोष्ट गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्