जब हामी क्यान्सरको कुरा गर्छौ, तब हाम्रो मन मस्तिष्कमा छाला, फोक्सो, स्तन क्यान्सर सबैभन्दा बढी सम्झन्छौ । ल्युकेमिया एक प्रकारको क्यान्सर हो, जुन अन्य प्रकारका क्यान्सर भन्दा बढी घातक हुन्छ । ल्यकेमियालाई रक्त क्यान्सर भनेर चिनिन्छ ।
ल्युकेमियालाई हड्डि मज्जा बायोप्सीद्वारा पत्ता लागाइन्छ । त्यसपछि केमोथेरापी र रेडियसन थेरापीको उपचार गरिन्छ । यो रोगको लागि बोनमैरो ट्रान्सप्लान्ट पनि गर्ने गरेका छन् । पछिल्लो पाँच वर्षयता ५७ प्रतिशत मानिसहरुलाई ल्युकेमियाबाट बचाइएको छ जुन क्यान्सरको सबैभन्दा खतरनाक रुप हो । ल्युकेमियाबाट अब बचाउँन सकिन्छ, यसको उपचार सम्भव भएको छ ।
ल्युकेमियाको लक्षणहरु
छालामा डटडट आउनेः छालामा रातो रंगको साना थोप्लाहरु हात, शरीर र छातीको साथै अनुहारमा आउने गर्छ । यसले प्लेटहरु धेरै छिटो खस्न थाल्छ ।अर्को तर्फ प्लेटको अभावमा शरीरमा धेरै असर गर्छ तर पहिचान नै गर्न सक्दैनौ ।
जोडले दुख्नेः यो रक्त क्यान्सरको सबैभन्दा सामान्य लक्षण हो जसलाई प्राय हामी बेवास्ता गर्छौ । यसमा जोर्नीहरुमा दुखाई हुनेगर्छ भने कहिलेकाहीँ बिस्तारै दुख्ने गर्छ । यस पिडाको सामान्य दुखाई रक्त कोशिका हुन् । खुट्टा र पाख्ुरामा धेरै हुन्छ । यी ल्युकेमियाका लक्षणहरु पनि हो ।
टाउको दुख्नुः यदि लामो समयसम्म टाउको दुखिरहेको छ भने तपाईलाई ल्युकेमियाको लक्षण पनि हुन सक्छ, ल्युकेमिया हुदाँ अनुहार पहेलो हुन्छ ।
ग्रन्थि सुनिनुः ल्युकेमिया देखा पर्दा शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ,यसले गर्दा ग्रन्थी र लिम्फ नोडहरु सुनिने गर्छन् । यसमा गर्दन, पेट, हात वा जनेनेन्द्रीय माथी आउछ । जसको रंग निलो र बैजनी हुन्छ ।
थकानः ल्युकेमियाबाट पिडित व्यक्ति एकदम चाडो थाक्छ । ल्युकेमियाको कारणले रगत बग्दा रक्तसंचार राम्रोसँग हुदैन, जसको कारण शरीरमा रगतको थक्का हुँदैन र हल्का चोटपटक लाग्दा पनि सुनिएर कालो दाग बस्दछ । यसले रक्तश्रावको जोखिम पनि बढाउँछ ।
ज्वरो र संक्रमणः ल्युकेमियाले शरीरको तापक्रमलाई असामान्य बनाउँने हुदाँ ज्वरो र संक्रमणको जोखिम बढाउँछ । यसकारण धेरै रोगहरु निम्त्याउँछ । असामान्य तरिकाले तौल घट्नुका साथै बान्ता हुने हुन्छ ।
सासको कमिः रक्तसंचारमा ल्युकेमियाले बाधा पु¥याउँछ, शरीरमा अक्सिजनको कमी गराई सास फेर्न समस्या उत्पन्न गराउँदछ । यसले कलेजो सुन्निनुको साथै पेट फुलाइदिन्छ ।