Logo

आफ्नो लागि सबैभन्दा बढी सही र गलत छुट्याउने को होला



जीन्दगीमा महत्वहिन लागेको कुरा ठिकसँग सम्झेर आफ्नो सोच सामथ्र्यको विकसित गर्न सकिन्छ । ताकी सफल एंव सार्थक जीवनको बाटो बनोस् । हरेक व्यक्तिले दैनिक नयाँ काम गर्ने सोच राखेको हुन्छ भने आफ्नो दायित्वपनि निभाउने अपेक्षा राखेको राख्दछ । उसलाई हामीले नजरअन्दाज गर्न पनि सकिदैन ।

भनिएको छ कोही अरु नभएर हामी आफै नै हाम्रो शत्रु हो । हाम्रो समस्या अर्को व्यक्तिको कारणबाट कम र हामी आफ्नै कारणले बढी आउने गर्छ । यो प्रश्न हामी खुद शत्रुलाई छोडेर आफ्नो साथी बन्न सकिन्छ त ? यसबारेमा लाइफ कोच एंड्रयु केन ले भनेका छन् ‘तपाई आफुसँग यति उदार र सहयोगी भई त्यस्तै व्यवहार गर्नुहोस् की जति आफ्नो सबैभन्दा मिल्ने साथीसँग गरिन्छ । ’

सत्य कुरा त जीवन स्वयं साक्षात्कार हुन्छ । जीवनको सफलता–असफलताको जिम्मेवार स्वयं आफै हुन्छ । जीवन एक आचरणको आर्दशरुपमा जिउँन नैतिकता, अनैतिकता, उसको राम्रो नराम्रो स्वयं विश्लेषण गर्नु, यहि जीवनका मुल स्वरुप र सफल जीवनको सार हो ।

जीवनको वास्तविक लक्ष्यलाई भित्र नखोजिकन बाहिर खोज्नु हाम्रो सबैभन्दा ठुलो भुल हो । कहिले मन्दिर, मस्जिद त कहिले सिद्धान्त, रितीरिवाज र परम्परामा खोजिरहेका हुन्छौ । कहिले टिका लगाएर, वस्त्र पहिरिएर, माला जपेर हामीले लक्ष्य प्राप्त गर्न खोजिरहेका हुन्छौ, भने कहिले ज्योतिष–वास्तु,तन्त्रमन्त्रमा सफल जीवनको माध्यम बनाउन चाहान्छौ । यसकारण सहज जीवन जिउँन पाएका छैनौ ।

शुद्ध आचार, शुद्ध विचार र शुद्ध चारित्रिक जीवनमा वास्तविक स्वरुप जसमा जीवन र दर्शनको सहि दृष्टिकोण समेटिएको हुन्छ । यसमा नै सांसरीक समाधान खोज्न सकिन्छ । हामी जीवनको सार्थक संरचना चाहान्छौ, यसको लागि गलत साधन छान्छौ, आचरण गलत गर्छौ, तरीका पनि गलत नै अपनाउछौ, शैली पनि गलत अपनाउने हुँदा वास्तविक रुप कसरी उजागर हुन्छ त । दार्शनिक रुमी भन्छन् ‘तपाईलाई जेले नजिक बनाउँछ, सफा बनाउँछ यो नै मार्ग हो । ’



प्रतिक्रिया दिनुहोस्