Logo

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवा विप्लव समर्थक भएको खुलासा



काठमाडौं, १८ फागुन । आज काठमाडौंमा एउटा अप्रत्यासित घट्ना घट्यो । एकाएक मिडिया तथा सामाजिक सञ्जाल तात्यो । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार भयो । तर, उनलाई ती युवाले हानेको जुत्ताले लागेन् । जुत्ता प्रहार गर्ने युवा नेत्रविक्रम चन्द विप्लव समूहका समर्थक रहेको खुलेको छ।

नेकपा जुम्लाका अध्यक्ष दिलबहादुर कुँवरले उनी बाहिर हल्ला भएजस्तो शहीद पुत्र नभएको जानकारी दिए। आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि रतन तिरुवा नाम गरेका २२ वर्षीय युवकले जुत्ता प्रहार गरेका थिए। “उनले प्रहरीसमक्ष आफू पूर्वलडाकु र शहीदको छोरा रहेको भनेको सुन्नमा आएको छ’ कुँवरले भने,‘माओवादी जनयुद्ध रोकिएको नै १४ वर्ष भइसक्यो २२ वर्षको मान्छे कसरी पूर्वलडाकु भयो?’।

उनका बाबुको मृत्यु भएको साँचो भएपनि उनी युद्धमा मारिएको नभई अर्कै कारणले त्यो पनि भारतमा मृत्य भएको कुँवरले जानकारी दिए। यसबारे सत्तारुढ दल नेकपा जुम्लाले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा तिरुवा शहीद परिवार वा नेकपाको कर्ताकर्ता नभएको स्पष्ट पारिएको छ । रतन यसअघि पनि अराजक गतिविधिमा संलग्न रहेको र प्रहरीले खोजी गरिरहेका व्यक्ति भएको दाबी नेकपाले गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot