Logo

चीनबाट राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय



काठमाडौं, १८ फागुन । यतिबेला चीन कोरोना भाइरससँग जुधिरहेको छ । तर, नेपाल सरकारले आज चीनबाट राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले पौडेललाई १५ दिनभित्र फर्कन समय दिनेगरी फिर्ता बोलाएको हो । उनको स्थानमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय समेत गरेको बुझिएको छ ।

लिलामणि पौडेल पूर्व मुख्यसचिव हुन् । उनी पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् । नेपाल प्रहरीको सीआइबीले उनीसँग भिडियो कलमार्फत् बयान लिएको थियो ।
पौडेल मन्त्रिस्तरीय निर्णयमा राजदूत बनाइएका हुन् । उनलाई फिर्ता बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्