काठमाडौं, १९ फागुन । सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग(यो। यस आयोजना मार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन।
सरकारी लक्ष्यअनुसार यो आयोजना आर्थिक वर्ष २०६९/७० भित्रै निर्माण सम्पन्न हुनुपथ्र्यो। तोकिएको समयभन्दा झण्डै सात वर्ष गुजारिसकेको यो आयोजना निर्माणकै चरणमा छ। बबई मात्र होइन् सरकारले अघि सारेका आधा दर्जनभन्दा धेरै गौरवका आयोजना एक दशकभन्दा बढी समय बित्दा पनि निर्माण सम्पन्न हुन सकेका छैनन्। सरकारले वर्षैपिच्छे बबई सिँचाइ आयोजनाको कार्यतालिका संशोधन गरे पनि काममा विलम्ब भइरहेको छ।
आयोजना बेलैमा सम्पन्न नहुँदा संशोधित कुल लागत १२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। सरकारले पछिल्लो पटक आर्थिक वर्ष २०७८/७९ सम्म यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा सो आयोजनाका लागि एक अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा २९ करोड पाँच लाख रुपैयाँ अर्थात् १९.४ प्रतिशत मात्रै खर्च भएको छ। (नागरिक दैनिकबाट)