Logo

स्वास्थ्य संकटकाल घोषणा गरिने



काठमाडौं, फागुन १९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिएका छन् ।आफूले उक्त मन्त्रालयले जिम्मेवारी सम्हालेको १०० औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो संकेत गरेका हुन् ।

सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ ।

यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकोले एयरपोर्टमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्