Logo

मुआब्जा बुझेर पनि सरेनन्



काठमाडौं, फागुन १९ । मुआब्जा बुझेका परिवारले नहर वरपरको क्षेत्रमा पक्की संरचना निर्माण गर्न थालेका छन्। उनीहरूले पूर्व–पश्चिम राजमार्ग र नहरबीचमा धमाधम घर बनाइरहेका लरिया सिँचाइ आयोजनाको नहर निर्माणका क्रममा जग्गा अधिग्रहण भएबापत मुआब्जा बुझेका १६ घरपरिवार अझै सर्न मानेका छैनन्। लम्की चुहा नगरपालिका–३ बल्चौरमा रहेका ती घरपरिवारलाई आयोजनाले जानकी गाउँपालिका–५ अमौरीमा जग्गा खरिद गरेर स्थानान्तरणको व्यवस्था मिलाएको छ।

सो ठाउँमा आयोजनाले गत वर्ष ३५ कठ्ठा जमिन खरिद गरेर प्लटिङ गरेको छ। प्लटिङ गरिएको ठाउँमा आयोजनाले सडक ग्राभेल, विद्युत् बिस्तार, खानेपानीलगायत व्यवस्थासमेत गरिदिएको छ। लम्की–टीकापुर सडकनजिकै रहेको सो बस्तीमा जान आयोजनाले दुईवटा कल्भर्टसमेत निर्माण गरेको छ।

आयोजनाले गत वर्ष नै प्रति घरपरिवार दुई कठ्ठाका दरले जग्गाधनी पुर्जासमेत प्रदान गरिसकेको छ। त्यस्तै आयोजनाले उनीहरूलाई घर निर्माणमासमेत आर्थिक सहयोग गरेको सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घर निर्माणअन्र्तगत पहिलो किस्ताबापतको रकम सबै घरपरिवारले बुझिसकेका छन्। उनले केही घरपरिवारलाई दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने तयारीसमेत भइरहेको बताए।

यतिबेला मुआब्जा बुझेका ती घरपरिवारले उल्टै नहर वरपरका क्षेत्रमा पक्की संरचना निर्माण थालेका छन्। उनीहरूले पूर्व–पश्चिम राजमार्ग र नहरबीचमा धमाधम घर निर्माण गरिरहेका छन्। यसरी घर निर्माण गर्नेमा मुआब्जा बुझेका मात्रै होइन अन्य घरपरिवारसमेत रहेको बताइएको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्