Logo

हजार बिघा सरकारी जग्गा किनबेच



दाङ, फागुन १९ । डेढ वर्षअघि तुलसीपुरका मानबहादुर विकले एक लाख २० हजार रुपैयाँमा डेढ कठ्ठा ऐलानी जमिन किने। तुलसीपुरस्थित ग्वार खोलानजिकै खरिद गरेको उक्त जग्गामा उनले खेती गर्दै आएका छन्। आफूले खरिद गरेको उक्त जमिनमा सानो टहरो हालेर बसोबास गर्ने तयारी मानबहादुरको छ। तर उक्त जग्गा आफ्नो हुने वा नहुने भन्नेबारे मानबहादुरलाई अहिले चिन्ता छ।

राष्ट्रिय सतर्कता केन्द्रले उक्त क्षेत्रको हजार बिघा सरकारी जमिन कब्जा भएको र त्योमध्ये थुप्रै जमिन किनबेच हुने गरेको निष्कर्ष निकालेको छ। उक्त जग्गा संरक्षण गर्नका लागि उचित प्रबन्ध मिलाउन सम्बन्धित सरोकारबाला निकायलाई निर्देशनसमेत केन्द्रले दिएको छ। ‘सतर्कता केन्द्रले जग्गा खाली गर्नका लागि निर्देशन दिएको छ भन्ने सुनेको छु,’ मानबहादुरले भने, ‘तर सानो भए पनि छाप्रो हालेर बस्ने योजना छ, हेरौं के हुन्छ रु’

‘हजार बिघा जमिन नियमविपरीत कब्जा गर्ने र भित्रभित्रै बिक्री वितरण गर्ने गरेको पाइएकाले जग्गा कब्जा गर्ने र बिक्री गर्नेलाई कारबाही गरी सार्वजनिक जग्गा संरक्षण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिन मनासिव देखिन्छ,’ राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ। त्यसो त, मानबहादुरले पनि उक्त जमिन कब्जा गरेको व्यक्तिबाट खरिद गर्ने दोस्रो पक्षबाट किनेका हुन्। ‘त्यो जग्गा सुरुमा स्थानीय एक जना चौधरीले कब्जा गरेको जमिन रहेछ, ती चौधरीले हुकुम खड्कालाई बिक्री गरेका रहेछन्,’ मानबहादुरले भने, ‘मैले हुकुमसँग किनेको हुँ।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot