Logo

रतन तिरुवालाई नेकपा जुम्लाले विप्लव समूहका आतंककारी भनेपछि…



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने रतन तिरुवालाई उक्त दलले आतंककारी भनेको छ । नेकपा जुम्लाले प्रेस विज्ञप्ति जारी गरी उनको कार्यलाई आतंककारीको संज्ञा दिएको हो ।

प्रचण्डमाथि जुत्ता प्रहार गरेको घटनाको भत्र्सना गर्दै नेकपा जुम्लाका अध्यक्ष विर बहादुर कुँवरले भनेका छन्, ‘जति निन्दा गरेपनि नपुग्ने उक्त अराजनैनिक उदण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिंगा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थन सम्म नभएको उक्त व्यक्ति विप्लप समूहको गतिविधिमा रहेको जानकारी गर्दछु ।’

तिरुवा जुम्लामा पनि अराजनीतिक कार्यमा संलग्न रहेको र प्रहरीले खोजी रहेको व्यक्ति भएको दाबी गर्दै कडा कारबाहीको माग गरेको छ । तरुवाले हिजो राष्ट्रियसभामा भरतमोहन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए । उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot