Logo

रतन तिरुवाबारे छानविन गर्न एसएसपी थापाको संयोजकत्वमा टोली गठन



काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने जुम्लाका रतन निरुवामाथि छानविन गर्न टोली गठन भएको छ । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको संयोजकत्वमा आज टोली गठन गरिएको हो ।

टोलीमा महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटी र सिंहदरबार वृत्तका प्रहरी निरीक्षक युवराज तिमल्सिना रहेका छनु । टोलीले घटनाको वास्तविकताबारे छानविन गरी रतन तिरुवाबारे समेत अनुसन्धान गरी प्रतिवेदन तयार गर्नेछ ।

हिजो राष्ट्रियसभागृहको कार्यक्रममा तिरुवाले प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए । घटनालगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानबाट उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्