Logo

मृगौला प्रत्यारोपणको बेलामा ओलीलाई ग्रुपिजम गरेर एक्लो बनाइयो- डा. दिक्षित



काठमाडौं, १९ फागुन । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित बहुमुखी प्रतिभाका धनी हुन् । चिकित्साशास्त्रका अलावा राजनीति र धर्म संस्कृतिको समेत गहिरो जानकारी राख्ने उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति डाक्टरको दृष्टिले सहानुभूती प्रकट गरेका छन् । ओलीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । कोरोना भाइरसप्रति राज्य गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । डा. दिक्षितसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
प्रधानमन्त्रीको दोस्रो पटक मृगौला नेपालमै प्रत्यारोपण हुँदैछ, के भन्नुहुन्छ ?
प्रधानमन्त्रीले नेपालमै मृगौला प्रत्योरोपण गर्नु एकदमै राम्रो कुरा हो । उहाँको प्रत्यारोपण राम्रोसँग सफल होस् मेरो शुभकामना छ ।
त्यसोभए प्रधानमन्त्रीले नेपालमै गरेर राम्रो गर्नुभयो हो ?
नाम चलेका, ठूला पदमा बसेका ठूलाबडाहरुले नेपालमै उपचार गर्दा नेपालका डाक्टर र नेपालीको पनि इज्जत बढ्छ । यसले डाक्टरप्रति जनताको भरोसा पनि बढ्छ । अहिले ठूलाबडालाई केही भयो कि सिंगापुर, बेलायत, अमेरिका दौडिने जुन ट्रेन नै बसेको थियो । आज ओलीजीले आफ्नो मृगौला नेपालमै प्र्रत्यारोपण गरेर नेपालको पनि इज्जत राखिदिनुभयो । नेपाली डाक्टरमाथि नेपाली जनताको भरोसा दिलाइदिनुभयो । त्यसको लागि उहाँलाई धन्यवाद छ ।
दोस्रोपटकको मृगौला प्रत्यारोपण कत्तिको जोखिमपूर्ण हो ?
अलिकति पहिलो भन्दा दोस्रोपटक डेफिनेटली जोखिमै हुन्छ । किन भने खाली मृगौला मात्र ड्यामेज हुने होइन । त्यो किड्नीको खराबीले वर्षौदेखि शरीरका अन्य भागहरुमा धक्का परेको हुन्छ । जुन कुरा हाम्रा यन्त्रहरुले नसमात्न पनि सक्छन् । अहिले हामीसँग उपलब्ध यन्त्रले जति पत्ता लगाउन सक्छ त्यो त ठीकै छ । शरीरका हरेक अंगप्रत्यांगमा हरेक रोगले छोएको हुन्छ । किड्नीका कारणले शरीरका अन्य भागमा परेका धक्कामा नयाँ किड्नीले कत्तिको धान्न सक्छ भन्ने ठूलो कुरा हो । किन भनेर शरीरले पनि किड्नीलाई धान्नुपर्छ र किड्नीले पनि शरीरलाई पत्याउनुपर्छ । एउटा बूढो मान्छेले तरुनी केटी विवाह गर्दा बूढाले तरुनीलाई कत्तिको धान्न सक्छ र तरुनीले पनि बूढालाई कत्तिको पत्याउन सक्छ भन्ने कुरा आउँछ । तरुनो स्वास्थ मान्छेको किड्नी बूढो र रोगी मान्छेलाई हालेको छ । त्यसलाई कसरी मेल खान्छ, तरुनी केटी बूढो मान्छेको विवाह भएको जस्तो हो । हामी शुभकामना दिऔं कि उहाँको राम्रो होस् ।
प्रधानमन्त्रीले जसरी ३२ युवतीको मृगौला प्रत्यारोपण गर्न लाग्नुभयो यसले समस्या ल्याउँछ ?
उहाँको खाली किड्नीको मात्रै समस्या भनेर हुँदैन । अस्ति मात्रै हार्टको एन्जिओग्राफी गरेका छन् । जति वर्षहरु बित्छन् यन्त्रहरु सुपर सेन्सेटिभ हुन्छन् । आजभन्दा ५० वर्ष अगाडिका सिटिस्क्यान, एमआरआईका मेसिनले जति काम गरेको छन् । आज त्योभन्दा १०० गुणा बढी सेन्सेटिभ मेसिनहरु आइसकेका छन् । हामी डक्टरहरु पनि हरेक दिन नयाँ साइन्स र टेक्नोलजीमासँग अपडेट भइरहनुपर्छ । अब हामी आशा गरौं उहाँको शरीरले नयाँ किड्नी धान्न सकोस् । किड्नीले पनि उहाँको शरीर धान्न सकोस् ।
किड्नीको कारणले प्रत्यारोपण गर्न लागिएको भएनिएको छ नि ?
किड्नी बिग्रिएकाले त प्रत्योरोपण गरिएको हो । उहाँलाई जसले किड्नी दिएको थियो, त्यो त सकियो । हुन त त्यसले १५-१६ वर्ष काम गर्यो । तर, यो नयाँ किड्नीले त्यतिनै वर्ष काम गर्छ भन्ने ग्यारेन्टी हुँदैन । किन भने अब त अभैm रोगी शरीर छ, त्यसकारण हामीले सफल, राम्रो होस् धेरै चलोस् भनेर शुभकामना दिन सकिन्छ । तर, एकदमै राम्रो हुन्छ, यति वर्ष हुन्छ भनेर ग्यारेन्टी कसैले दिन सक्दैन ।
प्रधानमन्त्री देशको विकास र समृद्धिमा जुन खालको भिजन थियो, त्यसलाई तपाईंले कसरी लिनुभएको छ ?
उहाँको इच्छा छ, त्यसमा कुनै डाउट छैन । उहाँलाई यो रोग लागेको पहिला नै थाहा छ । त्यसले म कुन बेला मर्छु भनेर उहाँले पनि सोच्नुपर्छ । जसरी उहाँ १४ वर्षसम्म जेल बसेर जसरी यो ठाउँमा आउनुभयो । आउनेबित्तिकै जसरी विकास र समृद्धिको सपनाहरु बाँड्नुभयो । त्यो उहाँको भित्री इच्छा थियो । त्यसमा उहाँलाई शरीरले पनि साथ दिएन । अहिले पछिल्लो पटक परिस्थितिले पनि साथ दिएन । देखिएकै छ, पछिल्लो पटक उच्चस्तरमा त्यत्रो ग्रुपिजम भएर ओलीलाई एक्लो पारिएको छ । त्यसो गर्नुहुँदैन थियो । त्यसले त उहाँ कामै गर्न सक्नुहुन्न । एकातिर विमारीले च्यापेको छ, अर्कोतिर सबैले ग्रुपिजम गरेर ओलीलाई एक्लै पारेका छन् । यहाँ ओलीका गल्तीहरु छन्, त्यसमा गोकुल बाँस्कोटाका कुरा छन्, भ्रष्टाचारका ठूला–ठूला खेल छन् । तर, ओलीले काम गर्न त खोजेका हुन् । तर, खुट्टा तानातान गरेर कामै गर्न दिएनन् । यहाँ सबै भूतपूर्वकहरु एकातिर भएर बसेका छन् । उनीहरु प्रधानमन्त्रीपदको स्वाद चाखिसकेका मान्छे छन् । सबैलाई मै हुन्छु भन्ने ध्याउन्ना छ । त्यसकारण ओलीलाई सबैतिरबाट घेराबन्दी गरेका छन्, त्यसो गर्नुहुँदैनथियो । ओलीको कहाँनेर गल्ती भयो भने उनले भ्रष्टाचारलाई पटक्कै रोक्न सकेनन् । उहाँका ज्यादै नजिक भएका मान्छे अति भ्रष्ट हुँदा उहाँलाई पनि छोयो । त्यो चाहीं उहाँको महागल्ती भएकै हो ।
अहिले ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएको हो ?
यो कुरा त सबैलाई थाहा छ । मैले पहिलादेखि भनिरहेको छु, ‘यी दुईवटा त एक हुँनै सक्दैनन्’ । मलाई उसको पनि उसप्रतिको विचार, उसको पनि उसप्रति विचार मलाई राम्रो थाहा छ । मैले त दुवैतिर धेरै लामो समय काम गरेको छु । त्यसकारण यिनीहरु एकढिक्का हुनै सक्दैनन् । अहिले त झन् उच्च नेताहरु कहिले उता लागेका छन् कहिले यता लागेका छन् । हुँदाहुँदा अहिले आएर माधव नेपाल, झलनाथ, वामदेव सबै उतै लागेर प्रचण्डको पल्ला भारी भएको छ । अहिले वामदेवलाई ल्याउनुपर्ने कुनै जरुरी नै थिएन ।
वामदेवलाई त संविधान संशोधन गरेर देशको प्रधानमन्त्री बनाउन सकिँदैन ?
केही नपाएर त्यस्तो काम गर्ने ?
त्यसोभए वामदेवलाई अहिले प्रधानमन्त्री बनाउन सकिँदैन ?
हाम्रो संविधानले त्यस्तो व्यवस्था गरेको छैन । एउटा व्यक्तिको लागि संविधानमा त्यस्तो व्यवस्था गर्न पाइँदैन । यो नचाहिने कुरा हो । मधेसको त्यत्रो आन्दोलनमा दुई बुँदामा संशोधन गरौं भनेर आउँदा त्यो चाहीं पटक्कै नगर्ने । जनजाति, अल्पसंख्यक, उत्पीडितले संविधानका कति कुरा असहमति जनाउँदा उनीहरुका कुरै नसुन्ने । एउटा वामदेवको लागि यत्रो प्रयास । उनलाई प्रधानमन्त्री हुने गरी संशोधन गर्नुपर्ने । यसमा ठूलो षड्यन्त्र छ, कसले कसलाई हान्न खोजेको हो । कसैले हानेर आपूm प्वाक्क प्रधानमन्त्री बन्न खोजेको हो कि । एउटा व्यक्तिको लागि संविधान संशोधन गर्नै हुँदैन । त्यो गर्नेबित्तिकै तराई पनि भड्किन्छ । जनजाति, दलित, महिलाले पनि हामीलाई वास्तै नगर्ने भन्छन् । कम्युनिस्ट पार्टीका नेताहरुमा किन बुद्धि बिग्रिएको हो । आफ्नो पार्टीमा के के गर्नुपर्छ गरुन् । तर, एउटा व्यक्तिको लागि संविधान संशोधन भन्ने कुरा सोच्न पनि नहुने हो । कम्युनिस्ट पार्टीका नेताहरुले आपूmबीच खुट्टा तानातान गरेर देशमाथि ठूलो अन्याय गरेको छन् । संविधान संशोधन कुनै पनि हालतमा हुन सक्दैन ।
नेपाल कम्युनिस्ट पार्टीभित्र बहस भएको छ नि समकक्षीहरु सबै प्रधानमन्त्री भए अनि वामदेव गौतम चाहीं नहुने भनेर ?
वामदेव गौतमको इतिहास पढ्नुहोस् न । उहाँ पहिलो पटक मन्त्री हुँदा नै कति ठूलो भ्रष्टाचारको काण्ड लागेको थियो । शीर्षस्थ नेताहरु टुंडिखेलबाटै भनेका थिए, ‘यी जस्तो भ्रष्ट नेता कोही छैन’ भनेर । उनले त्यत्रो पार्टी पनि फुटाएकै हो । त्यस्ता कुरामा याद गर्नुपर्छ ऋषिजी । जसरी त्यतिबेला वामदेवले कसैको उक्साहटमा लागेर पार्टी फुटाएकै हुन् । त्यसमा गिरिजाप्रसादले कम्युनिस्ट पार्टीलाई खत्तम पारेकै हो । अहिले पनि जुन ग्रुपले वामदेवलाई उचाएका छन् । तिनीहरुलाई नै वामदेवले क्वाप्प खान सक्छन् । बाघमा चडिसकेपछि खान चाहिं खान्छ ।
मुलुकमा लोकतान्त्रिक व्यवस्था ल्याउन त वामदेवले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् नि ?
उहाँको मात्रै योगदान छ । म थिइँन सडकमा, तपाईं हुनुहुन्नथ्यो, कृष्ण पहाडी थिएनन्, देवेन्द्र पाण्डे थिएनन्, हामी सबै थियौं त । त्यसो हो भने हामी सबैलाई प्रधानमन्त्री बनाउन त । सारा तमाम जनता सडकमा ओर्लिएर यत्रो काम गर्यौं । यसको श्रेय चाहीं वामदेवलाई यो त गजबको कुरा भयो । त्यसबेला त पार्टीका नेताहरु भन्दा हामी अगाडि थियौं । यो कस्तो नचाहिने कुरा हो । कसैलाई ल्याउनुपर्छ भन्दैमा जथाभावी बोल्ने ? त्यति बेला कुनै नेता सडकमा थिएन । मात्रै नेपाली जनता उर्लिएको थियो । साथै हामीहरु पनि अगाडि थियौं । वामदेव जस्तो चुनाव हारेका मान्छ वामदेवको नाममा संविधान संशोधन हुनै सक्दैन । एकपटक माधव नेपाल दुई ठाउँबाट चुनाव हारेका मान्छे प्रधानमन्त्री भएका थिए । त्यस्तै कुरा भयो यो । त्यसको हामीले ठूलो विरोध गर्यौं, कसैले सुनेनन् । अहिले वामदेवको नाममा त्यही दोहो¥याउन खोजिएको छ । इतिहासलाई त्यसरी दोहो¥याउनु हुँदैन । यसले प्राप्त डेमोक्रेसी खत्तम हुन्छ । अहिले पनि डेमोक्रेसी डगमड अवस्थामा पुगेको छ । यस्ता गल्ती गर्ने हो मुलुकमा डेमोक्रेसी रहँदैन ।
कोरोना भाइरसको लागि सतर्कता अपनाउनुपर्छ, नेपाल कत्तिको सफल छ ?
नेपालमा त्यस्तो केही पनाइएकै छैन । सुरुमै मैले भनेको थिएँ, ‘चिनीया नागरिकलाई टोटल बन्द गर्नुपर्छ, प्लेन पनि बन्द गरौं । अमेरिका, अष्ट्रेलिया, क्यानडा त्यत्ति टाढाका मुलुकले बन्द गरेका छन् । हामी त छिमेकी हौं त्यसैले आवतजावत बन्द गर्नुपर्छ भनेको हो । यही फेब्रुअरी र मार्चको बीचमा मात्रै २७ सय चिनीयाँ टुरिष्टहरु नेपाल छिरेका छन् । तपाईले नेपालभित्र कोरोना पसेको छैन भन्ने ठान्नुभएको छ ? पुरै पसिकेको छ । रोगमा मात्रै देखिएको छैन । जब रोग देखियो भने नेपालले त्यसलाई थेग्ने क्षमता छँदैछैन । त्यो रोग विशेषज्ञ डाक्टर, नर्स छैनन् । प्रविधि पनि छैन ।
हामी चाहीं खाली टुरिष्ट आउ, आउ, भनेका छौं । त्यसले ‘टुरिष्ट आऊ हामीलाई खाऊ’ भने जस्तो भएको छ । अब चिनियाँ मात्रै होइन जुनसुकै बाहिरबाट आउनेलाई चेक गर्नुपर्ने भएको छ । अब त झन् खतरा भयो, किन भने कोरिया, जापानलगायतका मुलुकबाट लाखौंको संख्यामा नेपालीहरु डराएर आउँछन् । तिनले कति रोग लिएर आउलान् ? त्यसले छोएपछि नियन्त्रण गर्ने हाम्रो क्षमतै छैन । यसमा सरकारले सुरुमा पटक्कै ध्यान दिएन । डब्ल्यूएचओको हुई–हुईमा लागे उसले प्लेन बन्द गर भन्दैभनेन । डब्ल्यूएचओको कुरा सुनेर नेपालले प्लेन पठाएको पठाए टुरिष्ट ल्याएको ल्याई गरिदियो । कोरियमा देखिइहाल्यो । एउटा चर्चबाट ९ हजार रोगीहरु देखिए । धर्म परिवर्तन गराउन आएका कोरियनहरु नेपालमा छ्याप्पछ्याप्पती छन् । फेब्रुअरी र मार्चको बीचमा मात्रै २ हजार कोरियनहरु आएका छन् । तिनले हाम्रा गाउँगाउँमा कहाँकहाँ पु¥याए होलान् जहाँ–जहाँ उनीहरुका चर्च छन् ।
सरकारले त भोजभतेर नगर्नु भनेको छ नि ?
भोजभतेर गर्नुहुन्छ तर, बन्द कोठामा नगरौं । कोरियामा जसरी चर्चबाट स¥र्यो नि । त्यो बन्द चिसो कोठामा हज्जारौं मान्छे बसेका सरेको हो । त्यसैले खुल्ला ठाउमा बसौं, माक्स लगाएर हिडौं । सभासम्मेलन गर्दा खुल्ला ठाउँमा गरौं ।
प्रधानमन्त्रीले केक काटेर जन्मोत्सव मनाउनुलाई के भन्नुहुन्छ ?
प्रधानमन्त्री ओलीले केक काट्नु हाम्रो संस्कार होइन, हाम्रो त नमस्कारै हो । बरु लालसलाम भन्नुहोस् मलाई आपत्ति छैन ।
चीन र दक्षिणकोरियाबाट आउने नागरिकलाई बन्द गर्नुपर्छ भन्न खोज्नुभएको हो ?
होइन, बन्द गर्न सकिँदैन । गर्न खोजे त सकिन्थ्यो । अहिले साउथ कोरियाले पनि क्यारेन्टिन गरिरहेको छ । जापानले गर्न लागेको छ, हामीले गर्नुपर्ने हो । त्यसो गर्न सक्ने हामीसँग कुनै हालतमा क्षमता छैन । अहिले चिनियाँ, कोरियन नागरिक मात्रै किन भन्नु त्यहाँ रहेका नेपालीलाई आफ्नो देश फर्किने अधिकार छ । उनीहरुलाई चेकजाच गरेर नियन्त्रण गर्ने क्षमता नै छैन । झन् हजारौंको संख्यामा रोग देखियो भने हामी चुर्लुम्मै डु्ब्छौं । फिलिपिन्समा रोग देखिनेबित्तिकै नेपालले सतर्कता अपनाउनुपथ्र्यो । चाइनाले आफ्ना नागरिकलाई अरु मुलुक नजाऊ भन्दा पनि हामीले टुरिजम आउँ भनेर बोलाउने ग¥यौं ।
अब भ्रमण वर्ष रोकियो नि ?
यसको तीन अगाडि पनि पर्यटन मन्त्री भन्दै थिए, ‘टुरिजम आऊ–आऊ’ भनेर । अनि अहिले रोकेर हुन्छ । अब त ‘नेपाल आऊ हामीलाई खाऊ’ भनेजस्तो भइसकेको छ । अब त अबेर भयो ‘रात गयो, अग्राख पलायो’ ऋषिजी । हाम्रा बस्तीहरु एकअर्का घर जोडिएका छन् । खाली ठाउँ कहीं छैन । हाम्रो सरकारले डलर कमाउन खोज्दा त्यही डलरले मुलुकलाई खाँदैछ । हामीले प्लेन रोक्न सकेनौं, त्यसो भएपछि आएपनि लुकेर बस्दिन्छन् ।
नेपालका भारतीय रादूत नेपाल आइपुग्नुभएको छ, नेपाल–भारतको सम्बन्धमा के भन्नुहुन्छ ?
नेपाल–भारत सम्बन्ध अहिले त्यति राम्रो छैन । अहिले नयाँ राजदूत आउनुभएको छ । रन्जित रेले राम्रो काम गर्नुभएको थियो । यसअघिकाले त्यत्तिराम्रो काम गर्नुभएन । पहिला सूदले एकदमै खराब काम गरेर गएका थिए । अहिले आशा गरौं कि यिनले राम्रै काम गर्लान् । यिनले मात्रै गरेर हुँदैन । हाम्रो सरकारले पनि भारतसँग राम्रो सम्बन्ध कायम गर्नुपर्छ । अहिलेको सरकार त्यतातिर गएको देखिँदैन, भारतसँग हाम्रो निक्कै चिसिएको छ । चीनसँग ज्यादै नजिँकिनका लागि भारतसँग सम्बन्ध चिस्याए । त्यसो गरिरहनुपर्ने थिएन । अहिलेका कम्युनिस्ट सरकारले हामीले चिनसँग सम्बन्ध राखेर भारतलाई चिढ्याउनुपर्छ भनेर चिढ्याउँदै गए ।
प्रचण्डमाथि जुत्ता प्रहार भयो, नपाई नागरिक समाजको अगुवा किन ?
जुत्ता प्रहार हुने कुरा अहिले मात्र भएको होइन । पहिला पनि भएको छ । यस्तो संसारभरि भएको कुरा हो । अब हिजो प्रचण्डलाई जुत्ता प्रहार गर्ने पहिलाका पुराना माओवादी लडाकु पनि हुन सक्छन् । हिजो जनयुद्धका नाममा काम गर्ने वाइसियल, घाइते, अपाङ्ग लडाकु, बेपत्ता परिवार तिनीहरुलाई केही भएको छैन । जति भएको छ प्रचण्ड, पुनहरुलाई भएको छ । यिनीहरुले तिनीहरुलाई केही गरेनन् त्यसैले अयोग्य लडाकु, वाइसीएल मध्येका कोही हुन सक्छन् प्रचण्डलाई जुत्ता प्रहार गर्ने । त्यसबाट प्रचण्डले सतर्क हुनुपर्छ । हिजो युद्धका बेला लडका डलाकुमध्येका हुनुपर्छ । प्रचण्डले आपूm सत्तामा पुगेपछि उनीहरुको सम्झना गर्नुपथ्र्यो, त्यो गरेर त्यसैले यस्ता प्रहार हुनसक्छन् । यो कार्यकर्तालाई अपहेलना गरेको प्रतिफल हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्