Logo

नेप्से सूचक ह्वात्तै घटेपछि शेयर कारोबार स्थगित



काठमाडौं, १९ फागुन । सोमबार कारोबार शुरु भएको तीन घण्टा नबित्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि शेयर कारोबार स्थगित भएको छ।

कारोबार खुलेको २ घण्टा २९ मिनेट अर्थात १ बजेर २९ मिनेट जाँदा नेप्से सूचक ९६.०६ अंकले घटेर १४९५.२० विन्दुमा झरेको थियो ।

खुलेदेखि नै लगातार घटेको बजारमा दुई वटा कम्पनीको मात्र शेयरमूल्य केहि बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै २ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन।

यस अवधिमा १७३ वटा कम्पनीको ४९ लाख ८६ हजार कित्ता शेयर २ अर्ब १५ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

खानिखोला हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य केहि बढेको छ। त्यस्तै प्रभु इन्स्योरेन्स, प्रिमिएर इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त शेयरमूल्य घट्ने कम्पनीकाे शिर्ष स्थानमा छन्।

इन्स्योरेन्स कम्पनीहरको शेयरमूल्य उच्च रुपले घटेको छ भने वाणिज्य बैंकहरको शेयरमूल्यमा पनि निकै गिरावट आएको छ। कारोबारमा आएका सबै उपसूचकमा गिरावट आउदा निर्जीवन बीमा कम्पनी उपसमुहको सूचक ७.४६ प्रतिशत, जिवन बीमा कम्पनी उपसमुहको सूचक ७.४५ र वाणिज्य बैंक उपसमूहको सूचक ६.७४ प्रतिशतले घटेको छ।-मेरो लगानीबाट

 



प्रतिक्रिया दिनुहोस्