Logo

राजसंस्था कायम गर्न प्रस्ताव



काठमाडौं, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजसंस्था कायम गर्ने प्रस्ताव राखेका छन् । यद्धपी उनले उक्त राजसंस्था संसदको नियन्त्रणमा रहने गरी कायम गर्नुपर्ने स्पष्ट पारेका छन् ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गर्न माग गरे । उनले भने,‘संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं।’

लिङ्देनले प्रदेशको संरचना खारेज गरेर बलियो र अधिकार सम्पन्न स्थानीय तह बनाउन प्रस्ताव पनि गरे । उनले सत्तारुढ दल नेकपा संविधान संशोधनका लागि तयार भएको भए तीन तहको संरचना खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन प्रस्ताव गरेका हुन् ।

लिङ्देनले भने,‘तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन । तर, यो तीन तहको संरचना खारेज गरेर बलियो, अधिकार सम्पन्न र व्यवस्थित स्थानीय तह भएको दुई तहको संरचना निर्माण गरौं, जनप्रतिनिधिको संख्या घटाऔं । संवैधानिक अंगहरूमा हुने नियुक्ति स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔं ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot