Logo

देउवाले तोके थप सात विभागमा प्रमुख, कसलाई के जिम्मेवारी



काठमाडौं, १९ फागुन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । सभापति देउवाले एनपी साउदलाई शुभेक्षुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका हुन् ।

मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ । देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७ केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन् । उता, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने देउवाको यो निर्णयको चर्को विरोध गरेको छ । पौडेल समूहको विरोधको बावजुद देउवाले एकतर्फी निर्णय गरेको भन्दै उक्त समूहका नेताहरु रुष्ट छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot