Logo

करिश्माले यसवर्ष होली नमनाउने, होली खर्च भट्टराई परिवारलाई



काठमाडौं, १९ फागुन । नायिका करिश्मा मानन्धरले यसपटक होली नमनाउने भएकी छिन् । कोरोना भाइरसका कारण उनले यस वर्ष होली नमनाउने भएकी हुन् ।

करिश्माले होलीमा खर्च हुने रकम दिवंगत चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष केशवराज भट्टराईको परिवारलाई दिएकी छिन् ।उनले एक लाख एक सय एक रुपैयाँको चेक पति बिनोद मानन्धरको उपस्थितिमा दिएकी हुन् ।

करिश्माले यसै वर्ष फेसबुकमा पोष्ट गर्दै कोरोना भाइरसका कारण सावधानी अपनाउन आग्रह गर्दै होली नमनाउने घोषणा गरेकी हुन् । गतवर्ष उनले एसईई परीक्षाका कारण होली मनाउन नपाएको समेत लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्