कोरोना भाइरसबाट संक्रमित मानिस मर्नु अघि पनि निकै स्वस्थ देखिन्छन् । उनीहरुलाई कुनै कठिनाई नभएको जस्तो देखिन्छ । कोरोनाका संक्रमणमा मृत्यु भएकाको अध्ययन गर्दा यी व्यक्तिहरु पाइएको छ ।
- मृत्यु हुने मानिसहरुमा अधिकांश चुरोटको लत भएका
- सास लिन धेरै गाह्रो हुने, फोक्सोमा समस्या भई अक्सिजनको सप्लाई नहुने
- फोक्सोले काम नगर्ने, क्रृतिम अक्सिजनले पनि काम नगर्ने
- ब्लड प्रेसर कम हुने कोरोना बाट पीडित हुनेहरुमा धेरै मध्यम उमेरका छन् । ९९ जनामा ६७ पुरुष रहेका थिए, संक्रमित हुनेहरुमा औसत उमेर ५६ वर्षको छ । वुहानको हुआनान सीफुड समुन्द्री जीवको कोरोना भाइरसको संक्रमणको कारण फैलिएको मानिएको छ । यस भित्रपनि अर्को व्याख्या गरिएको छ, पुरुष कोरोना संक्रमणको कारण गम्भीर रुपमा बिरामीहरु बढिरेहेको पाइएको छ । सामाजिक तथा सास्कृतिक कारण यो भाइरस आउन खतरा पुरुषमा धेरै हुने गरेको तथ्य फेला परेको छ । एक अध्ययनका अनुसार कोरोना भाइरस संक्रमणका महिलामा कमि छ, उनीहरुमा एक्स क्रोमोजोम र सेक्स हर्मोनको कारणबाट धेरै प्रतिरोधात्मक क्षमता रहन्छ ।
यो भाइरसबाट पीडित मानिसहरु पहिले देखि नै कुनै न कुनै रोगबाट पीडित रहेको तथ्य आएको छ । डाक्टरहरुले कमजोर प्रतिरक्षा प्रणालीको नजिता बताएका छन् । केहिको भने दिल कमजोर भई रक्त वाहिनी नलीमा समस्या भई र्हदय रोग भएको ।