Logo

शंखादेबी भुतपुर्व बिधार्थीको आयोजनामा वनभोज कार्यक्रमको आयोजना



धादिङ, १९ फागुन । धादिङको निलकण्ठ नगरपालिका११ ज्यामरुङमा अबस्थित श्री शंखादेबी भुतपुर्व बिधार्थी समाजले हालै बृहत्त सांस्कृतिक तथा वनभोज र परिचयात्मक कार्यक्रमको आयोजना गरकोे छ । समाजले बिद्यालयको हक र हितको लागि सदैब पहलकदमी कार्य गर्दै आईरहेको जनाएको छ ।

उक्त सन्दर्भमा फागुन २४ गते शनिबार काठमाडौंको बालाजु बाईसधारास्थित् बृहत साँस्कृतिक,परिचयात्मक तथा बनभोज कार्यक्रम गर्ने निर्णय गरेको समाजले आज एक विज्ञप्ती जारी गरेर जनाएको छ । श्री शंङ्खादेबी माबी ज्यामरुङ धादिङको स्थापना कालदेखिनै विद्यालयमा पठनपाठन गरेर अहिले देशको बिभिन्न क्षेत्रमा बिबिध पेशा, व्याबसाय गरेर बसेका सबै भुतपुर्व बिधार्थीहरुको बिचमा आपसी सद्भाब सहकार्य परिचय आफ्नो जन्मभुमी र आफुले अध्यन गरिएको बिधालयको चौतर्फी बिकासमा सक्दो योगदान गर्न बाताबरणको सिर्जना गर्नको निम्ति एबंम भुतपुर्व बिधार्थी समाजमा आवद्ध गराउनको लागि बृहत साँस्कृतिक परिचयात्मक तथा बनभोज कार्यक्रम आयोजना गरिएको समाजसेवी, सफल पर्यटन ब्याबसायी तथा श्री शंखादेबी भुतपुर्ब बिधार्थी समाज निलकन्ठ नपा ११ का अध्यक्ष रामचन्द्र धमला विश्वास दिलाए ।

त्यसैगरी भुतपुर्ब बिधार्थी समाजका महासचिब नवराज लम्सालले उक्त वनभोज कार्यक्रम एउटा भिन्दै उत्सब हुने र भुतपुर्व बिधार्थीहरु सबैसंग भेट्न पाउने हुँदा आफु यस कार्यक्रमप्रती असाध्यै खुसी र कार्यक्रमले आपसी एकता, मातृभुमीप्रतिको थप जिम्मेवारी बोध हुने बताए । त्यस्ते, उनले उक्त कार्यक्रमले विद्यालयको बिकासमा टेवा पुग्ने बिश्वास पनि ब्यक्त गरे ।

त्यस्तै, शंखादेबी भुतपुर्व बिधार्थी समाजका सदस्य ज्ञाननारायण श्रेष्ठले यो बनभोजमा उपस्थित् हुन विद्यालयका प्रअ भुतपुर्व शिक्षकहरु तथा बिधालय ब्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारीहरुलाई आग्रह गरे । भुतपुर्व बिधार्थी समाजका सदस्यहरु निर्मला धमला, कृष्णप्रसाद बोहरा, निरु धमला, विष्णु घिमिरे, चामनारायण श्रेष्ठ, दिपा धमला, सबिता धमलालगायतको सक्रियतामा बृहत साँस्कृतिक,परिचयात्मक तथा बनभोज कार्यक्रम तर्जुमा गरिएको हो ।

उक्त भुतपुर्व बिधार्थी समाज आयोजक रहेको बृहत कार्यक्रममा चर्तित लोकदोहोरी गायक रबिन लामिछाने, गायिका सबिता परियार, गायक राजकुमार बाँनिया, गायिका मिना बोहोरालगायत अन्य स्थानीय लोक गायक तथा गायिकाको समेत उपस्थिति रहने समाजले जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुन रु ९०० को टिकट काट्नुपर्नेछ भने बाँकी रकम भुतपुर्व बिधार्थीबाट बिधालयलाई हस्तान्तरण गरिने आयोजकले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot