Logo

मुस्कुराउँदै अस्पताल भर्ना



काठमाडौं, २० फागुन । त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ गाडीबाट ओर्लनेबित्तिकै प्रधानमन्त्री केपी ओली शुभेच्छुकसामु मुस्कुराए। उनी सञ्चारकर्मीसँग बोलेनन्। प्रसन्न मुद्रामा हात हल्लाए। प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए।

ओलीलाई मिर्गौला दिन चार घण्टाअघि नै अस्पताल पुगेकी थिइन्, ३२ वर्षीया समीक्षा संग्रौला। गाडीबाट ओर्लनेबित्तिकै संग्रौला आकर्षणको केन्द्र बनिन्। दर्जनांै फोटोग्राफरले पछ्याएपछि उनी पनि मुस्कुराउँदै भित्र छिरिन्। संग्रौला र लिने प्रधानमन्त्री ओलीबीच मामा/भान्जीको साइनो छ। दुवैजना चार घण्टा फरकमा अस्पताल पुगेका थिए। अस्पतालका कार्यकारी निर्देशक डा. खड्गाले भने, ‘प्रधानमन्त्रीज्यूलाई भर्ना गरेर अब्जरभेसनमा राखिएको छ। स्वास्थ्य जाँचलगायतका कार्य सुरु गरिएको छ।’

मिर्गौला दान दिने र लिनेबीच सहमतिका आधारमा निवेदनसमेत दिइएकाले प्रत्यारोपण प्रक्रिया अगाडि बढाइएको छ। निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिए सम्बन्धित व्यक्तिलाई अंग दान वा अंग ग्रहण गर्न स्वीकृति दिने कानुनी व्यवस्था छ। संग्रौलाले सहमतिसहित स्वेच्छाले अंग दान गर्न लिखित मन्जुरी दिइसकेकी छन्। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot