Logo

मोदीले सामाजिक सञ्जाल त्याग्ने, राहुलले भने ‘बरु घृणा त्याग’



एजेन्सी, २० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल त्याग्ने भएका छन् । उनले आउँदो आइतबारबाट सामाजिक सञ्जाल त्याग्ने बताएका छन् ।

आइतबार साँझ ट्वीटमार्फत् सामाजिक सञ्जालको एकाउन्ट त्याग्ने लेखेका छन् । उनले फेसबुक, ट्वीटर र इन्स्टाग्राम छाड्ने भनेपछि क्रिया प्रतिक्रिया आएको छ ।

कँग्रेस आईका नेता राहुल गान्धीले मोदीलाई सामाजिक सञ्जाल नभई घृणा त्याग्न भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्