काठमाडौँ, २० फागुन । राहदानी विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न टेन्डर आह्वान गरेको छ । सोमबार राति विभागले टेन्डर आह्वान गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिदमा घूस बार्गेनिङ प्रकरणसंगै अन्योल बढेपछि यस्तो कदम चालेको हो ।
आफ्नै देशमा सेक्युरिटी प्रेस स्थापना हुने र सोही प्रेसमा पासपोर्ट छाप्न सकिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बोलपत्र रद्द गर्न निर्देशन दिएको हो । सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि बढाउने भएसँगै विभागले यसअघि भदौ १० मा गरेको टेन्डर कात्तिक २१ मा रद्द गरिएको थियो ।
राहदानी विभागले २० लाख पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरेको छ । सेक्युरिटी प्रेस स्थापनामा हुने ढिलाइका कारण पासपोर्ट अभाव हुने अवस्था आएको छ ।