Logo

चीनपछि कोरिया, इरान, इटाली र अमेरिकामा कोरोना डरलाग्दो गरी फैलियो



काठमाडौं, २० फागुन । चीनबाट दुई महिनाअघि फैलिएको कोरोना भाइरसले विश्वका आधाभन्दा बढी भू-भाग प्रभावित भइसकेको छ । चीनमा मर्नेको संख्या तीन हजार पुग्दैछ । विश्वभर मर्नेको संख्या तीन हजार नाघेको छ । संक्रमितको संख्या ९० हजार पुगेको तथ्यांक छ ।

दक्षिण कोरिया र अमेरिकामा पनि कोरोना भयावह तरिकाले फैलिइरहेको छ । कोरियामा संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ । मर्नेको संख्या २८ पुगिसकेको छ । कोरियामा चीनको भन्दा बढी दैनिक संक्रमित भेटिएका छन् । एकैदिन छ सय संक्रमित भएका छन् ।
अमेरिकामा एक सय संक्रमित भेटिएका छन् । अमेरिकाको वासिङ्टन र क्यालिफोर्निया सबैभन्दा प्रभावित छ । अमेरिकामा छ जनाको ज्यान गइसकेको छ ।

इरानमा सर्वोच्च नेताका सल्लाहकारको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहम्मदीको सोमबार निधन भएको हो । उनी अयोतल्लाह अली खमेनीका सल्लाकार थिए । इरानमा कोरोना भाइरसको संक्रमणबाट ६६ जनाको ज्यान गइसकेको छ । १५०१ जनाको मृत्यु भएको छ ।

यूरोपमा दुई हजार मानिस भाइरसबाट संक्रमित भेटिइसकेका छन् । सबैभन्दा बढी इटालीमा संक्रमित भेटिएका हुन् । –एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्