Logo

आम हडतालका कारण कैलाली र कञ्चनपुरमा सास्ती



काठमाडौं, फागुन २० । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले गरेको आम हडतालले सुदूरपश्चिका तराईका जिल्लामा प्रभाव परेको छ । आफुहरुले राखेका मागबारे सरकार गम्भिर नबनेको तथा जायज मागप्रति सरकारले बेवास्ता गरेका भन्दै मोर्चाले दुई दिने हडताल घोषणा गरेको जनाएको छ ।

सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएको भन्दै मोर्चाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको जनाएको छ ।

पुस २२ गते नेपाल सरकारसँग १४ बुँदे माग राखी पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि मागप्रति सरकार संवेदनशील र सकारात्मक हुन नभएकाले वाध्य भएर हडताल गर्नु परेको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आमहडतालका क्रममा कलकारखाना,उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारीसाधान, ढुवानीका साधन पूर्णरुपमा बन्द रहेका छन्। तर, अत्यावश्यक सवारीसाधनहरु दमकल, एम्बुलेन्स, शववहान, सुरक्षा निकायका सवारी साधन, दुध बोक्ने वहान, औषधि बोक्ने वहान, रेडक्रस, मानवअधिकारकर्मी, पत्रकार, पर्यटक र कूटनीतिक नियोगका सावारी साधान निर्वाध रुपमा सञ्चालन भईरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot